
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परेका छैनन् ।
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।”
सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।