सरकारबारे सबैको सुझाव लिएर रास्वपा निर्णयमा पुग्छः अर्याल

  • कालिका खवर
  • शुक्रबार, बैशाख २२, २०८०
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टीका सबै नेताहरुको सुझाव लिएर सरकारको विषयमा निर्णय गरिने बताएका छन् । रास्वपाको केन्द्रीय समिति  बैठक शुक्रबार बेलुका साढे ५ बजे बस्दैछ ।

    सो बैठकअघि रातोपाटीसँग कुराकानी गर्दै अर्यालले छलफलका आधारमा पार्टीले उपयुक्त निर्णय लिने बताए । ‘आज बैठक बस्दै छ, त्यसपछि सबै कुरा थाहा हुन्छ । बैठकले निर्णय गर्ने हो । मैले मात्रै भनेर हुँदैन’ अर्यालले भने, ‘सबै साथीहरुले आ–आफ्नै तरिकाले छलफल गरिराख्नु भएको छ । सबै साथीहरुको सुझाव लिएर त्यसलाई फाइनलाज गर्ने छौं ।’

    अब आधिकारिक रुपमा बेलुका साढे ५ बजे बस्ने बैठकले सरकारबारे फाइनल निर्णय गर्ने उनले दोहोर्याए  । यसैबीच प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा सहभागी गराउन छलफल जारी रहेको बताएका छन् । यदिरास्वपा सरकारमा आउन चाहेको अवस्थामा ल्याउन कुनै समस्या नहुने ती सचिवालय सदस्यलेको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs