
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही हुने बताएका छन्।
पार्टीको पदाधिकारी बैठकपछि सानेपामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराधको विषयमा भएको बताए। ‘यो जघन्य अपराधनको विषय हो। दोषी कोही पनि उम्किन पाउँदैन,’ उनले भने।
उनले उक्त प्रकरणमा दोषी देखिए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि उम्किन नपाउने स्पष्ट पारे। ‘राज्य संयन्त्रले गैरकानुनी क्रियाकलाप स्वीकार्दैन। टोपबहादुर रायमाझी दोषी देखिए कारबाही हुन्छ। यो जघन्य अपराध हो। हामीले यो विषयलाई गम्भीररूपमा लिएका छौं,’ उनले भने।