
काठमाडौं । बैंक तथा वित्तीय संस्था महासंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुने उद्योग तथा व्यवसायको संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघले आइतबार काठमाडौंमा आयोजना गरेको नेपाल बिजनेस समिट–२३ बोल्दाईका अध्यक्ष गोल्यानले भने, ‘देशलाई आत्मनिर्भर बनाउन आयात बढाएर राजस्व बढाउने नीतिमा परिवर्तन हुनुपर्ने बताए । ।”
‘निर्यातमुखी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले निर्यातमुखी उद्योगलाई ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगलाई २० प्रतिशत सहुलियतमा विद्युत् उपलब्ध गराउनुपर्छ,’ उनले भने ।
विलासिताका सामानमा प्रतिबन्ध लगाउनुको साटो भन्सारको दर बढाएर आयात नियन्त्रणसँगै राजस्व पनि बढ्ने उनले विश्वास व्यक्त गरे ।
भारतमा बसोबास गर्ने नेपाली नागरिकले भारतीय बैंक खातामा परिचयपत्र दिने प्रणालीको थालनी गर्नुपर्छ, बैंक खाता खोल्न सहज हुने र कानुनबमोजिम वार्षिक पाँच अर्बभन्दा बढी रेमिट्यान्स नेपाल पठाउन सकिने छ, त्यसका लागि सरकारले पहल गर्नुपर्छ ।
अधिकांश उद्योग व्यवसायीले यो समस्या भोगिरहेका छन् । आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुन सक्ने उद्योगको संरक्षण र प्रोत्साहन आवश्यक रहेको उनले बताए ।