राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई रकम अभाव हुन दिइने छैन : अर्थमन्त्री महत

  • कालिका खवर
  • आइतवार, बैशाख २४, २०८०
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माण स्रोतको सीमितता र आर्थिक तथा सामाजिक लाभ उच्च हुने क्षेत्रलाई हेरेर गरिने बताएका छन् । आइतबार संसद्मा आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

    “बजेट निर्माण गर्दा स्रोतको सीमिततालाई मध्यनजर गर्दै निश्चित आधार र मापदण्ड तयार गरी आर्थिक एवं समाजिक लाभ उच्च भएका बहुसंख्यक नागरिक लाभान्वित हुने, छिटो प्रतिफल दिन सक्ने र तयारी पूरा भएका आयोजनालाई प्राथमिकता दिएर छनोट गरिने छ,” उनले भने, “राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई रकम अभाव हुन दिइने छैन ।”

    साधारण खर्चमा मितव्ययीता कायम गर्दै वान्छित सीमाभित्र राख्ने र वित्त अनुशासन कायम राख्ने नीति लिने पनि उनले बताए । वैदेशिक ऋणलाई उच्च प्रतिफल दिने, प्राथमिकताको क्षेत्रमा लगानी गर्ने पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs