
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार उन्मूलनका लागि संसद्ले साझा संकल्प पास गरेर चालु अधिवेशनमा आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुमाथि गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला, साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए ।
“भ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन कि, अन्तर्राष्ट्रिय जगतमा देशको बेइज्जत समेत भएकाले चालु संसद्मा सांसदहरुले भत्तामात्रै पकाउनुभन्दा पनि भ्रष्टाचार नियन्त्रणसम्बन्धी आवश्यक कानुनन निर्माण गर्नुपर्छ । सम्बन्धित निकालले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुदैन,” उनले भने ।