दादुराको संक्रमण बढ्यो; सतर्क नरहे मृत्युसमेत हुनसक्छ : स्वास्थ्य मन्त्रालय

  • कालिका खवर
  • बिहिबार, बैशाख २८, २०८०
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा रोगको संक्रमण बढ्दै गएको बताएको छ । दादुराको संक्रमण बढ्दै गएकाले यसबाट बच्न सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

    दादुराबाट सतर्क नरहे मृत्युसमेत हुनसक्ने मन्त्रालयले स्पष्ट पारेको छ । “दादुरा रोग लाग्नबाट होस् नपुर्याए अकालमै ज्यान जान सक्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ ।

    उच्च ज्वरो आउनु, खोकी लाग्नु, आँखा रातो हुनु, नाकबाट पानी बग्नु, शरीरमा राता मसिना बिमिराहरू देखिनु दादुराका लक्षणहरू हुन् ।

    दादुरा रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, निमोनिया हुने, आँखामा समस्या भई अन्धोपन हुनेजस्ता समस्या देखिन सक्छ । मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण दादुराबाट मृत्यु पनि हुन सक्ने मन्त्रालयले जनाएको छ ।

    दादुरा भएको शंका लाग्ने लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs