
स्पानिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई सेमिफाइनलमा हराएर उपाधि भेट पक्का गरेका हुन् ।
गएराति भएको दोस्रो लेगको खेलमा सेभियाले युभेन्ट्सलाई २-१ ले हराउँदै समग्रमा ३-२ को जित हात पारेको हो । पहिलो लेगमा यी दुईबीचको खेल १-१ मा सकिएको थियो ।