
विक्रम आचार्य शितगंगा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ को श्री शिवादह माध्यमिक विद्यालयमा अन्तर विद्यालय सदनात्मक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको अतिरिक क्रियाकलाप गर्ने सुक्रवारे कार्यक्रम अन्तरगत आज पहिलो कार्यक्रम वक्तृत्वकला रहेको थियो ।
कार्यक्रममा वि. ब्य .स . पूर्व अध्यक्ष गोविन्द पोख्रेल , वि .ब्य . स . सदस्य भोजराज आचार्य लगायत शिक्षक विद्यार्थीको उल्लेख्य उपस्थिती रहेको थियो ।
विद्यार्थी जीवनमा अनुशाशनको महत्व शिर्शकमा भएको वक्तृत्वकलामा सदनात्मक रुपमा विद्यार्थीले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांश विद्यार्थीले अशुशान विनाको शिक्षा अपूर्ण हुने भनाई राखेका थिए ।
कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक गिरि थापाले बोलेर मात्र नहुने र त्यसलाई कार्यन्ययन र व्याभारिक पक्षमा देखिने गरि लागु गरियो भने विद्यार्थी जीवनमा अनुशाशनको महत्वले सार्थकता पाउने धारणा राख्नु भयो साथै यो पहिलो कार्यक्रम रहेको र हरेक सुक्रवार यस्ता श्रीर्जनात्मक कार्यक्रम गरिने पनि बताउनु भयो ।
कार्यक्रम प्राध्यानाध्यापक गिरि थापाको अध्यक्षता विद्यार्थी आरेश सारुको सञ्चालनमा सम्पन्न भएको छ ।