स्थानीय भन्छन् : जनताको पहुँचमा पुग्न सकेन सरकार

  • कालिका खवर
  • सोमवार, जेष्ठ ८, २०८०
  • नेत्रबहादुर बिष्ट ,दैलेख ।  दैलेख जिल्ला आठबिस नगरपालिका वडा नम्बर १ स्थित जालेचौर सिचाइकुलो अबरुद्ध भएको करिब  ७ बर्ष बितिसक्दा पनि कसैको ध्यान जान सकेको छैन।

    यहाँका स्थानिय बासिहरु प्राय जसो रोजगारको सिलसिलामा छिमेकी राष्ट्र भारत जाने र आफ्नो जिबिकोपार्जन गर्ने गर्छन र आफ्ना नानिबाबुको सुनौलो भविष्यको लागि अलि अलि पैसा जम्मा गरेर नजिकैको शहरबजार तिर पढाउने गरेका छन् ।  त्यहाँका स्थानिय बासिन्दाको बर्षभरी खाने धान गहु जस्ता अन्न बाली उत्पादन हुने खेत अहिले टन्टनापुर अबस्थामा  रहेको छ ।

    कुनै खेतहरु मरुभूमि भन्दा फरक देखिदैन । नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गतको मध्यपहाडी राजमार्ग सडक खण्ड बिस्तार हुदाँ गएको पहिरोको कारण अहिले सम्म त्यहाको अबस्था अस्तव्यस्त छ । सयौ घरपरिवारहरुको रोजिरोटि उत्पादन हुने खेतबारीमा गएको पहिरोबाट भत्किएको सिचाइ कुलो अहिले सम्म बन्न सकेको छैन त्यसको मारमा त्यहाका निम्नबर्गिय जनताहरु परेका छन । धेरै पटक सरकारी तहबाट बजेट आएपनि उक्त सिचाइ कुलो मर्मत हुन नसक्दा खेत बाझो भएको छ जसको कारण त्यहाँका बासिन्दाहरुको कुनै पनि बिकल्प नहुँदा बजारको महँगो चामल किनेर खानुपर्ने अबस्था सृजना भएको छ।

    पहिला पहिला जिल्ला र संघ धाउनुपर्ने तर पनि कामको लागि निकै गाह्रो पर्ने भएको थियो तर अहिले जनताको घर घरमा सिंहदरबार स्थापना हुँदा पनि आफ्ना जनताको समस्या नजिक बाट नियालेको स्थानिय सरकार छ तर त्यही सरकार पनि टुलुटुलु हेरेर बसेको छ । प्रदेश संघ र स्थानिय सरकारको ध्यान अझ सम्म जान सकेको छैन ।

    त्यहाँको एक स्थानीयले भने “हामिले कसको आशा गर्ने अब त आशा पनि मरिसक्यो हामिले धेरै पटक श्रमदान गर्यौ जतिपटक श्रमदान गरेपनी हामिले लगाएको बार लाई पहिरोले बगाएरै छोड्छ मजदुद बार लगाएर कुलो लिन हामी लाई सरकारले पनि वास्ता गर्दैन त्यसैले हामीले अहिले सधै चामल गहु तथा तरकारी सबै किनेर खानुपरेको छ ” । जसको सरकार आए नि हामी जनतालाई सधै दुखले छोड्दैन स्थानीय बासिन्दाले गुनासो गरेका छन्  ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs