
नेत्रबहादुर बिष्ट,रुकुम (पश्चिम) । रुकुम (पश्चिम) जिल्लाको सानीभेरी गाउँपालिका- ५ मेलचौरबाट मुसिकोट जादै गरेको लु १ ज १७४७ नम्बरको जीप वाफिकोट गाउँपालिका वडा नं ८ को मोतिखोलामा खसेको छ । सडकबाट झन्डै ४०० मिटर तल खस्दा अहिले सम्म २ जना पुरुष , १ जना महिला र एक जना बच्चाको घटना स्थलमै मृत्यू भएको प्रत्यक्ष दर्शीले जानकारी दिनुभएको छ भने गाडी संचालक प्रेम बाठा र ड्राइभर सहित १० जना भन्दा बढी घाइते भएका छन । घाइतेहरुको उद्धारका लागि एम्बुलेन्स बोलाएर त्यहाका सम्पुर्ण निकाय देखि स्थानिय हरु लागिरहेको मौराखारा एफएमका सम्बाददाता दिलबहादुर केसिले जानकारी गराउनु भयो ।