सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ११, २०८०
  • काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा करोबार भएको छ ।

    यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs