‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइजले बराबरी खेले

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ११, २०८०
  • काठमाण्डाै ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।

    दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४–० गोलले हरायो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई तथा राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स २४ अङ्कसहित १२ औँ स्थानमा छ ।

    आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् ।

    चर्च ब्वाइज ३८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । मनाङ २५ अङ्कसहित ११ औँ स्थानमा कायमै छ  । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs