बुढिनन्दा नगरपालिकाले एक वर्षको उपलब्धि गर्‍यो सार्वजनिक; नीति तथा कार्यक्रम माथी उठ्यो प्रश्न

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • बाजुरा । बाजुरा बुढिनन्दा नगरपालिकाले आफ्नो एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले एक वर्षको कार्यकालमा गरेका काम,  भएका गतिविधि र उपलब्धि सार्वजनिक गर्न समिक्षा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

    एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भेला गराई वार्षिक समिक्षा समेत गरि एक वर्षको उपलब्धि सार्वजनिक गरिएको हो । एक वर्ष भित्र नगरले गरेका कामहरूको उपलब्धि सार्वजनिक गर्नुका साथै आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमका लागि नगरवासिका सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख जनक बोहराले बताएका छन् ।

    कार्यक्रममा सार्वजनिक सुनुवाई गर्नुका साथै नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रमहरु कति कार्यान्वयन भए कति भएनन् , नगरले एक भित्र गरेका कामहरूबाट नगरवासीहरु सन्तुष्ट छन् कि छैनन् , अबका  आगामी दिनहरूमा नगरको बिकास र नगरवासीको हितका लागि कसरी अगाडि बढ्ने  लगायतका बिषयमा समिक्षा गरिएको बताइएको छ ।

    कार्यक्रममा उपस्तिथित स्थानीयलाई सुझावका लागि र समस्या राख्न  समय दिइएको थियो । नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रम माथी प्रश्न समेत उठाएका थिए । स्थानीयहरुले निति तथा कार्यक्रमहरु प्रभावकारी हुन् नसकेको गुनासा समेत नगर सरकारलाई सुनाएका थिए । स्थानीयको प्रश्नको जवाफ दिदै नगर प्रमुख जनक कुमार बोहराले आएका सुझावहरुलाई सन्कलन गरी आगामी निति तथा कार्यक्रममा समेट्ने र भएका कमिकम्जोरी सुधार्ने बताएका छन् ।

    कुल बजेटको ५१.५७ प्रतिशत बजेट खर्च

    नगरपालिकाको वार्षिक कुल बजेट ४८ करोड २५ लाख ७२ हजार ८ सय ४३ रुपियाँ २ पैसा रहेको थियो भने २४ करोड ९६ लाखा ४६ हजार ५ सय २८ पैसा ८५ पैसा खर्च गरेको छ । कुल बजेटको ५१.५७ प्रतिशत बजेट नगरपालिकाले खर्च गरेको छ । जस अन्तरगत चालु तर्फ ३३ करोड ८८ लाख ३१ हजार ८ सय ४३ थियो भने खर्च १९ करोड ३५ लाख २२ हजार ४ सय ५६ भएको छ । चालुतर्फको कुल बजेटको ६१ .६८ प्रतिशत खर्च यस्तै पुजीगत तर्फ कुल बजेट १६ करोड ९७ लाख ३९ हजार थियो भने खर्च ५ करोड ६६ लाख २४ हजार ७२ रुपैयाँ रहेको छ । पुजिगत तर्फको कुल बजेटको ३३.१२ प्रतिशत खर्च गरेको छ ।

    एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिशिस्ट अथिती नगर उपप्रमुख राम बहादुर बोहरा, विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, सवै वडाका जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी,पत्रकार, स्थानीय लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs