
विद्युतीय सवारी साधनमा कर घटाउन संसद सोबिता गौतमले माग गनुभएको छ । माननीय सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन सदनमा अर्थमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सदनबाट बोल्दै उहाँ भन्नुहुन्छ ” ‘विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल हुँदै छ भन्ने कुरा गाँइगुँइ सुनिँदै छ । सरकारले सन् २०२५ सम्ममा नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत र सार्वजनिक सवारीको संख्या २० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । करको दर बढाउने हो भने यो सम्भव हुने छैन । वातावरणीय संरक्षणलाई पनि यसले उत्तिकै टेवा पुर्याउँछ भन्ने कुरामा हामी सचेत हुनैपर्छ । त्यसैले बजेटलाई अन्तिम रुप दिँदै गर्दा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि सके विद्युतीय सवारीको अहिलेको कर घटाइयोस् तर बढाउने चेस्टा गर्दै नगरियोस् ।” उनले भने ।