प्रतिनिधिसभा बैठक २० मिनेट स्थगन गरेर सभामुख दलहरूसँग छलफलमा

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • काठमाडौं । प्रतिनिधिसभा बैठक २० मिनेट स्थगन गरेर सभामुख देवराज घिमिरे दलहरूसँग छलफल गरिरहेका छन् । छलफलमा दलका नेता तथा प्रमुख सचेतकहरू छन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ न्यौपानेले माफी नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले बैठकमा अवरोध गरेको छ । जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा जलहरी चढाउँदा सुनको जलप लगाउनुपर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । एमालेले शुक्रबारको संसद् बैठकमा विरोध गरेको हो । एमालेले रेकर्डबाट हटाउनुपर्ने माग गरेर विरोध गरेको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।

    आजको प्रतिनिधिसभा बैठकबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs