आज सुनको मूल्य तोलामा २४०० रुपैयाँले बढ्यो

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १६, २०८०
  • काठमाडौं । नेपाली बजारमा सनुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ ।

    आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs