विद्युतीय गाडीमा कसैलाई फेबर गरेको भए म अहिले नै पद छाडेर हिँड्छु : अर्थमन्त्री महत

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १६, २०८०
  • काठमाडौं । बजेटमार्फत ५० देखि १०० किलोवाटसम्म विद्युतीय गाडीमा कर बढाएका अर्थमन्त्री डा प्रकाशरण महतले छुट दिएको बताएका छन् ।

    महतले महँगा विद्युतीय गाडीमा कर घटाएर सर्वसाधारणले बढी उपभोग गर्ने विद्युतीय गाडीको कर बढाएका थिए । उनले पत्रकार सम्मेलनमा विद्युतीय गाडीमा कर नबढेको, सस्तो भएको र स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको जानकारी दिए ।

    सरकारले प्रोत्साहन गरेको र व्यवसायीको मार्जिन कस्ट बढी भएको हुँदा घटाउने काम गर्नुपर्ने भन्दै महतले विद्युतीय गाडीमा आफूले कसैलाई फेबर नगरेको दाबी गरे । “कसैलाई फेबर गरेको भए म अहिले नै पद छाडेर हिँड्छु,”मन्त्री महतले भने ।

    अर्थमन्त्रीले यस्तो दाबी गरे पनि विद्युतीय गाडी नबेच्ने र १०० किलोवाटभन्दा बढीको ईभी बेच्ने व्यवसायीलाई भने फाइदा भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs