सुनको मुल्य आज प्रतितोला ५०० रुपैयाँले बढ्यो

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँ बढेको छ ।

    महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बुधबार एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलामा एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs