भारत र चीनबीच तनाव बढ्दै ; दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाण्डौ ।  भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् ।

    अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित विवरण अनुसार दुवै देशका सरकारले एक–अर्काको देशमा पत्रकारको पहुँचलाई रोकेका हुन् ।

    चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारको सङ्ख्या १४ बाट घटेर एकमा आएको र लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीले विभेदको सामना गर्नुपरेको बताउनुभएको छ ।

    यसै महिना भारतले दुईजना चिनियाँ पत्रकारको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो । त्यसमा चिनियाँ समाचार संस्था सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका एक/एक जना पत्रकार थिए ।

    चीनले पनि भारतका दुई जना पत्रकारलाई प्रवेशाज्ञा नदिएको र अर्का एक जनालाई उनले प्राप्त गरेको अनुमति फिर्ता लिइएको बीबीसीले उल्लेख गरेको छ । सीमा विवादका कारण भारत र चीनबिच सन् २०२० यता तनाव छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs