कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीकै धनगढी उपमहानगरपालिका–१३ की ५५ वर्षीया ईसरादेवी धामी रहेकी छन् ।

    मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धगनढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री धामीलाई बुधबार बेलुकी ठक्कर दिएको  थियो । मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs