नेकपा एमालेको सचिवालय बैठक सुरु

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १९, २०८०
  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।

    गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

    एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs