प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल

  • कालिका खवर
  • शनिबार, जेष्ठ २०, २०८०
  • काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित भएका छन् । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाटखनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  युनियनको उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी उपाध्यक्षमा नीरज तामाङ, महिला उपाध्यक्षमा सीता न्यौपाने, महासचिवमा साइँला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुङ्गाना र विष्णु पन्थी, कोषाध्यक्षमा शङ्कर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित भएका युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले जानकारी दिए ।

    सदस्यमा कुवेर गिरी, सम्वेग बस्नेत, दीपेन्द्र अधिकारी, रामहरि पराजुली, सुन्दर पाण्डे, कुमार भण्डारी, सीता शर्मा, सुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुलसीराम भण्डारी, नवराज कार्की, दीपक घिमिरे र रमा भुर्तेल निर्वाचित भएका छन् । यस्तै, लेखा समितिको संयोजकमा नारायण अधिकारी, सदस्यमा भावना हमाल र लक्ष्मी गौतम निर्वाचित भएको महासचिव पौडेलले जानकारी दिए । उपत्यका प्रदेश प्रतिष्ठानको अधिवेशन सकिएसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ ।

    प्रेस युनियनमा उपत्यका तथा प्रतिष्ठान प्रदेशसहित राज्यका सात प्रदेश गरी आठ प्रदेशको व्यवस्था गरिएको थियो । उपत्यका तथा प्रतिष्ठान प्रदेशअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ सञ्चारमाध्यममा गठित प्रतिष्ठान शाखा गरी कूल १२ शाखा छन् । प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा पनि यही जेठ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs