स्वीडेनले `युरोपियन सेक्स च्याम्पियनसीप´ प्रतियोगिताको आयोजना गर्दै

  • कालिका खवर
  • आइतवार, जेष्ठ २१, २०८०
  • एजेन्सी । युरोपेली मुलुक स्वीडेनले शारीरिक सम्पर्क ‘सेक्स’लाई पनि खेलको मान्यता दिएको छ । स्वीडेनले भर्खरै सेक्सलाई कानूनी मान्यता दिएर ‘स्विडिस सेक्स खेल महासंघ’ पनि गठन गरेको त्यहाँका समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

    यसका साथै उसले ८ जून अघि नै युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको पनि आयोजना गर्ने भएको हो । सम्भवत यो प्रतियोगिता संसारकै पहिलो हुनसक्छ ।

    यो प्रतियोगितामा दैनिक ६ घण्टा प्रतिस्पर्धा हुने ‘स्विडिस सेक्स खेल महासंघ’ले जनाएको छ । यो प्रतियोगिता केही हप्तासम्मै संचालन हुने पनि बताइएको छ । प्रकाशित  समाचारहरु अनुसार प्रतिस्पर्धीहरुले आफ्ना खेल खेल्न वा क्रियाकलापका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय उपलब्ध गराइने जनाइएको छ ।

    सो प्रतियोगितामा तीनजना निर्णायकका साथै दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिने जनाइएको छ । अहिलेसम्म यो प्रतियोगिताका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइएको बताइएको छ ।

    सेक्सलाई मान्यता दिनु अत्यावश्यक रहेकै कारण यसलाई खेलको मान्यता दिइएको स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकले प्रतिक्रिया दिए । यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरु पनि उनले प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs