नेपाली चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । लिम्बू संस्कृतिमा बनेको चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

    सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्र लाई स्थान दिइएको छ ।  बुद्दि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाएका छन् । यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा चलचित्र  प्रिमियर गरिनेछ ।

    चलचित्रले राई–लिम्बू कल्चरलाई विशेष महत्वका साथ उठाएको निर्देशक किरण राईले जानकारी दिए ।  चलचित्रमा चलचित्रमा बुद्दि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुद्ीप जंग कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs