प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमालेसहित राप्रपा र रास्वपाका सांसदले गरे विरोध

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित राप्रपा र रास्वपाका सांसदले विरोध जनाएका छन् । आफ्नो आसनबाट उठेर उनीहरूले विरोध जनाएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमै सम्बोधन गर्ने र संसद् बैठक सञ्चालन गर्ने सहमति भए पनि एमालेसहितका दलले विरोध जनाएर सुरुमा आफ्ना भनाइ राख्न लागेका हुन् ।सभामुख देवराज घिमिरेले एमालेका सचिव समेत रहेका योगेश भट्टराईलाई सुरुमा समय दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs