भारत भ्रमणमा गम्भीर छलफल र सहमति भयो : प्रधानमन्त्री दाहाल

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि नेपाल–भारत वाणिज्य सन्धिको पुनरवलोकन गरिने र वाणिज्यसचिवस्तरीय दुईपक्षीय संयन्त्रलाई सक्रिय बनाउने गरी काम भइरहेको बताएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी दिँदै उनले भारतले नेपाली जुटमा लगाएको महसुल हटाउन छलफल गरिएको बताए ।

    “कृषि क्षेत्रमा क्षमता अभिवृद्धि, अर्गानिक खेती, प्राकृतिक कृषि प्रणाली, नानो फटिलाइजरजस्ता विषयमा आपसी सहयोग विस्तार, मलको सहज आपूर्ति, नगदेबाली र चौपायको नश्ल सुधारको सहायतालगायतका विषयमा समेत गम्भीर छलफल र सहमति भएको छ,” उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतीय कम्पनीको संयुक्त लगानीमा रासायनिक मल कारखानाको सम्भाव्यता एवं बजार सुनिश्चिततका लागि पनि सकारात्मक छलफल भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs