प्रधानमन्त्री मोदीसँगको भेटघाट सबैभन्दा महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रहेको बताएका छन् ।

    भारत भ्रमणबारे प्रतिपक्ष दलले प्रश्न उठाएपछि सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले आपसी विश्वास बढाउँदै छलफल गरिएको सुनाए ।

    “भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रह्यो । विशेष गरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरू भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने दिशामा अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने ।

    उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट सबैभन्दा महत्त्वपूर्ण भएको सुनाए । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा व्यापार, ऊर्जा, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा अन्तरदेशीय प्रसारणलाइन, सिँचाइ, बाढी, कृषि, रेलवे सेवाजस्ता विषयमा सकारात्मक र अर्थपूर्ण छलफल भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs