टोखामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँयो

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौँ । टोखा नगरपालिकाले सरसफाइ तथा सचेतना र्‍याली र वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइएको छ । टोखा नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी आज विश्व वातावरण दिवस मनाइएको हो ।

    टोखा नगरपालिकाको आयोजना तथा हिमालयन वातावरण संरक्षण प्रा.लिको सहजीकरणमा नगरपालिकाको कार्यालयबाट सुरु भएको सरसफाई तथा सचेतना र्‍याली दाहालगौँडा, ग्रिनल्याण्ड लगायतको ठाउँमा पुनः नगरपालिकाको कार्यालयमा आएर सभामा परिन्त भएको थियो ।

    उक्त र्‍यालीमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ  वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, प्रमुख कार्यकारी अधिकृत शेरबहार विसी, शाखा प्रमुखहरु, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न महिला तथा युवा समुहहरुको उपस्थिती रहेको थियो ।

    सभामा सम्बोध्न गर्दै नगरप्रमुख प्रकाश अधिकारीले आफ्नो टोल, समुदाय सधै सफा राख्नु पर्ने बताए । सरसफाइ एक दिन मात्र नभई अभियानकै रुपमा नियमित रुपमा गर्नु पर्ने बताए । त्यसैगरी उपप्रमुख मुरारी तामाङले घर मात्र नभई टोल, चोक समुदाय पनि सफा राख्नु पर्ने बताए ।

    समापनलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत शेरबादुर विसीले प्रत्येक शुक्रबार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाका कर्मचारीहरुले कार्यालय तथा अन्य ठाउँहरुमा सरसफाई कार्यक्रम नियमति गर्दै आएको बताए ।

    वातावरण दिवसकै अवसरमा टोखा-१ वडा कार्यालयको आयोजना तथा मुक्तिनाथ फाउन्डेसनसँगको सहकार्यमा झोरमहाँकालको कोलापाखा शान्ति पार्कमा वृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारि, कार्यकारि प्रमुख शेरबाहदुर बि. सि, वडा अध्यक्ष रमेशकुमार लामिछाने नगरपालिकाका विभिन्न प्रतिनिधिहरु मुक्तिनाथ फाउन्डेसनका प्रमुख सहित प्रतिनिधिहरु लगायत विभिन्न सघंसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    त्यस्तै, टोखा – २ वडा कार्यालयको आयोजनामा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडासदस्य आर्यन डंगोल, अमर डंगोल, सविना श्रेष्ठ, लक्ष्मि हिमाङ, विभिन्न संघ संस्था, टोल विकास संस्था, महिला समुहका प्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, विद्यार्थी लगाायत वडा बासीहरूको उपस्थितिमा चेतनामूलक र्‍याली तथ सरसफाईका साथै वृक्षारोपण कार्यक्रमको आयोजना  गरिएको छ । वडाको नासल मन्दिर परिसरमा वृक्षारोपन गरिएको हो ।

    विश्व वातावरण दिवसको अवसरमा टोखा-३ वडा कार्यालयले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । वडा कार्यालयले  जनप्रतिनिधि सहित विभिन्न संघ संस्था, टोल विकास संस्था, महिला समुह, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थितिमा वृहत सरसफाई कार्यक्रम गरेको छ । साथै वडा कार्यालय परिसर अगाडि नमुना डष्विको स्थाना गरेको छ । साथै आजबाट मुल सडक पार्किग निषेध घोषणा समेत गरिएको छ ।

    वडाध्यक्ष रमेश डंगोलको सभाध्यक्षतामा भएको नमुना डष्टविनको उद्घाटन मेयर प्रकाश अधिकारीले गरेका थिए । त्यस्तै,  मुल सडकमा पार्किङ निषेध घोषणा गर्दै सन्देशमुलक स्टिकट टाँस समेत गरेका थिए । कार्यक्रममा वडाध्यक्ष डंगोल सहित वडासदस्य हरिभक्त श्रेष्ठ शान्ता राई टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सि लगायतको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs