नेपाली सेनाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • रौतहट । रौतहट गौर नगरपालिका पुरेनवा स्थित नेपाली सेनाको वीरदल गणले एक सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । मध्यपुर्बी पृतना हेडक्वाटरको निर्देशन र  नम्बर २८ वाहिनी जङ्गी अड्डाको पहलमा वीर दल गणले  उक्त शैक्षिक सामग्री सहयोग गरेको हो।  

    चन्द्रपुर नगरपालिका  ७ नयाँबस्त स्थित जनता आधारभूत विद्यालयको कक्षा ४ र ५ मा अध्ययनरत  छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको वीर दल गणका गणपति गङ्गा बहादुर विष्टले बताए ।

    शिक्षाको स्तर उत्थान गर्ने उद्देश्यले वन युनिट ‘वन स्कुल स्पोर्ट’ योजनाको अवधारणा बमोजिम सैनिक नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर  भौतिक रूपले जीर्ण स्रोतसाधनको कमी रहेका सरकारी विद्यालयलाई सहयोग उपलब्ध गराइएको गणपति विष्टले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs