नवलपरासीमा दम्पत्तिको विभत्स हत्या

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • परासी : नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए ।

    उनीहरुको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालल बताए ।

    उनीहरुको घर गाउँकै बैरिहवामा छ। घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

    सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो ।  खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs