सुनको मुल्य आज प्रतितोला ९०० रुपैयाँले बढ्यो ।

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs