लगानीकर्ता महासंघ बनाउन वार्ता समिति गठन

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • काठमाडौं । लगानीकर्ता महासंघ बनाउन हाल दर्ता रहेका र नरहेका संघहरूका अध्यक्ष तथा पदाधिकारीसँग छलफल र वार्ता गर्न समिति गठन गरिएको छ ।

    सोमबार काठमाडौंको कमलपोखरीमा भएको लगानीकर्ताको भेलाबाट रोहन कार्कीको संयोजकत्वमा छलफल समिति गठन गरिएको हो । समिति सदस्यमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाईं छन् ।

    उनीहरूले वार्ता गरी महासंघ बनाउन सबै संघका अध्यक्षहरूलाई सहमत गराउनेछन् । त्यसपछि अर्को भेलाबाट महासंघको नाम र कार्यसमिति घोषणा गर्ने सहमति भएको संयोजक कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs