कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • विराटनगर । नेकपा  माओवादी केन्द्रको कोसी प्रदेश कमिटीले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

    विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्र प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए ।

    अब यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन् ।

    एमालेका हिक्मत कार्कीको नेतृत्वमा गत पुस २४ गते सरकार गठन भएको थियो । सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन थियो । जसपाले समर्थन फिर्ता लिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs