विद्युतीय गाडीमा सरकारले दिएको छुट ग्राहकसम्म पुगेन : अर्थमन्त्री महत

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतलेविद्युतीगाडीमा सरकारले दिएको छुट ग्राहकसम्म नपुगेको बताएका छन्। संसदमा उठेको प्रश्नको जवाफ दिँदै उनले विद्युतीय गाडीको ठूलो मार्जिन (नाफा) डिलरले राख्ने गरेको दाबी गरे। 

    ‘पेट्रोलियममा तीन सय प्रतिशतसम्म कर छ। विद्युतीय गाडीको कर छिमेकी देशहरूको तुलनामा सबैभन्दा कम हाम्रोमै छ। पहिले पहिले विद्युतीय गाडी एक-दुइटा मात्रै थियो। तर अहिले त्यो बढेको छ। समय सापेक्ष हामीले अलिकति बढाएका पनि छौं। ठूलो क्षमताको नि इभी (विद्युतीय गाडी) नै हो। ठूलो क्षमताको नि इभी नै हो। हामीले सानोलाई सानो र ठूलोलाई ठूलो गरेका हौं,’ उनले भने।

    उनले ५० किलोवाटका विद्युतीय गाडीलाई केही पनि नचलाएको बताए। ‘नेपालमा इभी गाडी आउँछ। तर त्यसको ठूलो मार्जिन डिलरले राखेका छन्। कस्टमर (ग्राहक)मा त्यो ट्रान्सफर भएको छैन। छुट त दिने तर कस्टमरले नपाउने अवस्था विद्यमान छ। त्यसलाई हेर्नुपर्ने आवश्यकता छ। यसमा इफ र बट छैन।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs