नेप्से परिसूचक आज २५ अंकले वृद्धि

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २५.६६ अंकले वृद्धि भएको छ । सोमबार १७ अंकले घटेको नेप्से परिसूचक मंगलबार १.३५ प्रतिशतले वद्धि भएर १९२७.६५ विन्दुमा बन्द भएको छ ।

    यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २६९ धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता एक अर्ब ९८ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

    सोमबार एक अर्ब ९७ करोड रुपैयाँको सेयर करोबार भएको थियो । आज सोल्टी होटेलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको नौ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको नौ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

    सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा ङादी हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएर ३०१ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ५.६७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । त्यस्तै, जीवन बिमा समूहको परिसूचक ४.६४ प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs