सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् , हामी असफल भयो भन्दैनौं : ओली

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए ।

    ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर समेत गरे ।

    “बजेट सच्याएवापत सरकार असफल भयो भन्दैनौं हामी । सच्याउनुस बजेट । सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौं हामी । सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौँ ।

    तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिदैन । हामी जो बाहुबली छौँ । टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईलाई सत्ता अहंकारबाट तपाईको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs