आज पनि बढ्यो सुनको मूल्य

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजो मंगलरको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।

    हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि यहि मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs