कल बाइपास गरेको आरोपमा एक जना चिनियासहित दुई जना पक्राउ

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनाको विषयमा अनुसन्धान भैरहेको र २ जना नियन्त्रणमा लिइएको पुष्टि गरे ।
    पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्षीय चिनियाँ नागरिक झाओ रहेका छन् ।

    चिनिया नागरिक झाओ ३ महिनादेखि नेपाल बस्दै आएका थिए । उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट ओटीपी बाइपास गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जाल भाइबर, टिकटक, फेसबुक लगायतका एपमा  वान टाइम पासवर्ड (ओटीपी) बाइपास गर्ने गर्थे ।

    उनीहरूको साथबाट ४ लाख ८० हजार नेपाली रुपैयाँ, १ हजार ९ सय अमेरिकी डलर, २ हजार ४ सय थान नेपाली सिम कार्ड, १२८ वटा एन्टेना पनि प्रहरीले बरामद गरेको छ । यस कार्यमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आंशका गर्दे प्रहरीले अन्य कनेक्सन खोजी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs