प्रधानमन्त्रीको ओलीलाई प्रश्न : सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के गरे ?

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको विषयमा राजनीति मात्र बढाएर समस्या हल नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे भन्दै प्रतिप्रश्न गरे ।

    बुधबार राष्ट्रियसभाको रोस्टममा उभिएर बोल्दै उनले कनिकुथी सकिनसकि विरोध गर्नुको औचित्य नभएको बताए । “हिजो त सरकारको नेतृत्व उहाँहरूको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँहरुले के चाहिँ गर्नुभएको थियो ? गर्नुभयो केही ? भएको थियो र केही ?” प्रधानमन्त्री प्रचण्डले भने, “अहिले अलिकति भयो ।

    उत्पादन भयो भन्ने मेरो दाबी हैन । तर नयाँ सुरुआत त भयो । नेपाल समृद्धि हुने ढोका खोलीयो ।” प्रधानमन्त्री प्रचण्डले राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी लिपुलेकलगायत सीमा विवादको समस्या हुल हुने बताए । यसलाई बढी पोलिटिक्स मात्र गरे यो बल्झिरहने र कचिंगल मात्र बन्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs