अभियान प्रभावकारी हुँदै गएकोप्रति खुशी छु : गुरुङ

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले संस्कार समाज नेपालले २०७४ सालदेखि सुरू गरेको अभियान प्रभावकारी हुँदै गईरहेकोप्रति खुशी ब्यक्त गर्नु भएको छ ।
    विश्व वातावरण दिवस (जुन ५) को अवसरमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश दिने क्रममा यस्तो बताउनु भएको हो । आफू दैनिक सामाखुशीदेखि सुन्धारासम्म पैदल हिड्ने र हिड्ने क्रममा दैनिक चार, पाच जना सर्वसाधरणहरूलाई आचरणको कुरा हुने र उहाँहरूले सहर्ष स्वीकार गर्ने तथा सुधारका लागि तयार हुने गरेको पाउदा आफूले अभियान सुरू गर्दाका सुरूवाति दिनहरू सम्झने बताउनु भयो ।
    सुरूवाती दिनहरूमा सर्वसाधरणलाई यस्तो गर्नु हुदैन भनेर सम्झाउन खोज्दा, म एक जनाले नगर्दा के हुन्छ र ? भन्ने खालको जवाफ आउने गरेको संस्मरण गर्दै आजभोलि सर्वसाधरणहरूले त्यस्तो जवाफ नदिनु संस्कार समाज नेपालको अभियानको प्रभाव भएको बताउनु भयो । संस्कार समाज नेपालले २०७४ देखि नियमित रूपमा हरेक शनिबार जनचेतनामूलक सरसफाई कार्यक्रम गर्दै आएको थियो । त्यसपछि हरेक महिना देशब्यापी महाअभियानका रूपमा देशभरका सयौ अरू संघसंस्थाहरूलाई समेत अभियानमा संलग्न गर्दै आएको संस्थाले स्कूल स्कूलमा असल संस्कार, सार्वजनिक यातायातमा सचेतना अडियो सामग्रि तथा डष्टबिन बितरण कार्यक्रम गर्दै आईरहेको छ ।
    त्यस्तै अध्यक्ष गुरुङले आफूले जानेको असल कुराहरु व्यवहारमा लागू गर्नुपर्ने बताउनु भयो । अध्यक्ष गुरुङले भन्नु भयो ‘असल संस्कारहरु हामीले जानेका छौं, बुझेका छौं तर व्यवहारमा लागू गर्दैनौं यो नेपालको प्रमुख समस्या हो ।’ देशको प्रत्येक संयन्त्रमा भएका कमीकमजोरीहरुलाई सुधार्दै अगाडि बढेर असल संस्कारको विकास गर्दै, असल संयन्त्रको विकास गरेमा देशलाई समृद्धि बनाउन सकिने बताउनु भयो ।
    गुरुङले जथाभावी फोहोरमैला व्यवस्थापनका लागि संस्कार समाज नेपालले सार्वजनिक यातायातमा सचेतना अडियो तथा डष्टविन अनिवार्य गर्ने अभियान संचालन गरेको बताउँदै त्यसबाट धेरै परिवर्तन भएको अनुभूति आफूलाई भएको बताउनु भयो । संस्कार समाज नेपालले संचालन गरेको साप्ताहिक कार्यक्रमलाई मासिक बनाउदै प्रत्येक महिनाको १ गते देशभरका विभिन्न संघसंस्थाहरुले अभियान संचालन गरिरहेको बताउनु भयो । पृथ्वीमा सबै कुरा मान्छे बस्नका लागि योग्य भएर हामीहरु बसिरहेको भन्दै मानवीय व्यवहारले गर्दा दिनप्रतिदिन प्रकृतिको दोहन, वातावरण प्रदुषणको समस्या बढी भएको बताउनु भयो ।
    अध्यक्ष गुरुङले यस वर्षको विश्व वातावरण दिवसको नारा प्लाष्टिकको निमूल गर्ने भन्ने रहेको बताउँदै यस कुरामा आफू सचेत भएर मात्र नहुने र अरुलाई पनि सचेत गराउँदै आफूले सिकेको कुरा व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयो । आफूले सिकेको सही तरिका अरुलाई बाँड्नु पर्ने, नजानेका कुराहरु सिक्नु पर्ने बताउदै असल र राम्रा संस्कारहरुलाई आफ्नो जीवनमा लागू गर्नुपर्ने बताउनु भयो ।
    सन् १९७२ जुन १६ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो । सो बमोजिम हरेक वर्ष जुन ५ तारिखका दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs