गाँजाखेती औषधिजन्य प्रयोजनका लागि मात्र अध्ययन गर्ने भनेको हौँ : अर्थमन्त्री

  • कालिका खवर
  • सोमवार, जेष्ठ २९, २०८०
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसरी, कुन ‘मोडेल’मा गाँजाखेती सकिन्छ भनेर अध्ययन गर्न बजेट विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    “गाँजाखेतीलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, यो विषयमा गम्भीर होऔँ भनेर अध्ययन गरौँ भनेको हो । एकैपटक खेती गरिहाल्ने, भोलिदेखि नै सुरु गर्ने भनेको छैन,” उनले भने, “यसको कानुनी अड्चनहरू पनि हटाउनुप¥यो । त्यसपछि कुन मोडेलमा अगाडि लग्ने भन्ने पनि छ । अहिले त औषधिजन्य प्रयोजनको लागि मात्र अध्ययन गर्ने भनेको हौँ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs