नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस आज

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदै छ । खाँणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् ।

    अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको आज छैटौँ दिन हो । आजसम्म थुनछेक बहस सक्न न्यायधीशले आग्रह गरेका छन् । तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ ।

    खाँणसहित समशेर मिया, टेकनाथ रिजाल, आङटावा शेर्पालगायतको थुनछेक बहस बाँकी छ ।  कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिरक्षा गर्दै बहस गरेका छन् ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs