बागमती प्रदेश : आर्थिक सर्वेक्षणमाथि आज छलफल हुँदै

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ३२, २०८०
  • हेटौंडा : बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आर्थिक वर्ष २०८०/८१ को लागि राजश्व संकलन र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    मन्त्री लामाले आर्थिक सर्वेक्षण प्रस्तुत गरेलगत्तै प्रदेश सभा सदस्यहरुले सो सर्वेक्षणमाथिको छलफलमा सहभागी भई आ–आफ्नो धारणा व्यक्त गर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा बागमती सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री लामाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs