७० वर्षे उमेरहद उपयोगी भएन, त्यसैले हटायाैँ : केपी ओली

  • कालिका खवर
  • शनिबार, असार २, २०८०
  • काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले ७० वर्षको उमेरहद हटाउने निर्णय गरेकाे बताउनु भएकाे छ । अखिल नेपाल महिला सङ्घ, बाग्मती प्रदेश कमिटीले शनिवार आज च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

    ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु गरेकाे ओलीकाे दाबी छ ।

    चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको उहाँले बताउनु भयो । उहाँले केहीले पार्टीको याे निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत लगाउनु भयो ।

    अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ भनेर प्रश्न समेत गर्नु भयो । काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरुलाई पार्टी भित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीले बताउनु भयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs