नेता र उनीहरुका पत्नीको विदेशमा उपचार हुनुहुँदैनः प्रेम सुवाल

  • कालिका खवर
  • आइतवार, असार ३, २०८०
  •  

    सुवालले भने, ‘प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सरकारी अस्पताल खोल्न जरुरी छ। सरकारी नेता र उनीहरुका पत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्री ज्यूले भन्न जरुरी छ। ७७ वटै जिल्लाका सरकारी अस्पतालहरुलाई उपकरण र जनशक्तिसहित सुविधा सम्पन्न सफा राख्ने प्रतिवद्धता जरुरी छ। हामी अस्पतालमा जान्छौं अहिले पनि जिल्लाका केही अस्पतालमा माकुराको जालो लागेको छ, स्यानिटाइजर छैन, बिरामी बस्ने बेड फोहोर छ। ’

    उनले कोभिड–१९ विरुद्धको खोप खेर फाल्ने अधिकारीलाई कारबाही हुनुपर्ने बताए। औषधि व्यवस्था विभागका अधिकारीलाई कारबाही गर्न माग गरे।

    सुवालले क्यान्सर, किड्नी, मुटु लगायतका गम्भीर प्रकृतीको रोगका लागि आवश्यक पर्ने जेनेरिक औषधिको आयातमा बाधक बन्ने औषधि व्यवस्था विभागका अधिकारीलाई कारबाही गर्न जरुरी रहेको बताए। सुवालले भने, ‘क्यान्सर, किड्नी लगायतका रोगको लागि आवश्यक पर्ने जेनेरिक औषधिको आयातमा बाधक बन्ने औषधी व्यवस्था विभागका अधिकारीलाई कारबाही गर्न जरुरी छ। औषधि व्यवस्था विभागले नेपालमा उत्पादन नहुने औषधि विदेशबाट समयमा नल्याइदिँदा धेरै मानिसको ज्यान गएको छ। त्यस्ता अधिकारीलाई त ज्यान मार्ने उद्योग पनि चल्छ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs