• कालिका खवर
  • बिहिबार, असार ७, २०८०
  • नेत्रबहादुर बिष्ट,कर्णाली प्रदेश। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भएको बोलेरो जीप दुर्घटना परेर दश जना घाईते भएका छन् ।

    बिहिबार बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्वरको जीप दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जीप दुर्घटनामा परेर दश जना घाईते भएका छन् ।

    घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ५ की १३ वर्षिया सरस्वती केसी, ५५ बर्षिया लिला केसी, मुसिकोट नगरपालिका १३ की ५० बर्षिया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षिया सुजाता केसी, साेहि ठाउँकी १२ वर्षिया करिना केसी रहेका छन् ।

    त्यसैगरी सोहि वडा निवासी १४ वर्षिया दक्षिणा खड्का, ८ वर्षिया बर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षिया बिनिता केसी, दांगको शान्तिनगर गाउँपालिका ४ निवासी २५ वर्षिया टिका ओली केसी र सोहि स्थानकी ३३ बर्षिया टिका केसी घाईते हुनुभएको प्रहरीले जनाएको छ ।

    घाईते मध्य बर्षा केसीको बाँया खुट्टाको तिघ्राको हड्डि निस्किएकोले अवस्था सिरियस रहेको बताईएको छ ।

    प्रहरीका अनुसार उक्त जीपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जिप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

    घाईतेहरु सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ ।(सञ्चारकर्मी जीवन केसिको फेसबुक वालबाट)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs