दलित समुदायका लागि सशत्तिकरण कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • आइतवार, असार १०, २०८०
  • अराज वेल्वासे शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२ मा १ दिने दलित समुदायका लागि शसत्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    शितगंगा नगरपालिकाको आयोजना तथा ग्रामिण तथा सामुदायिक स्वास्थ बिकास केन्द्र नेपालको सशजिकरणमा वडाका दलित समुदाय लाइ शसत्तिकरण तालिम प्रदान गरिएकाे हाे । नगरपालिकाले दलित लक्षित कार्यक्रअनुसार नगरका सबै वडाहरुमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालको प्रमुख आथित्यता कार्यपालिका सदस्य बाेम बहादुर बिककाे अध्यक्षता,शिक्षा शाखा प्रमुख बिनाेद पाेख्रेल,वडा अध्यक्ष चाेप बहादुर घम ,वडा सदस्यहरु लगायत बिभिन्न दलित समुदायकाे उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रममा ग्रामिण तथा सामुदायिक स्वास्थ बिकास केन्द्र नेपालकी राधा नेपालीले दलितकाे अधिकार ,बर्तमान अवस्था तथा दलित समुदायकाे पक्षमा रहेका काननी जानकारी सहितकाे प्रक्षिक्षण प्रदान गर्नु भएको थियाे। कार्यक्रममा कार्यपालिका सदस्य तथा कार्यक्रमका अध्यक्ष बाेम बहादुर बिकले दलित समुदायकाे उत्थान अरु जातिबाट हुन नसक्ने भएकाेले दलित समुदाय शिक्षित र सक्षम भइ सबै सँग प्रतिसप्रथामा आउन सके मात्र हुन सक्ने बताउनु भयाे।
    मतको आधारमा सबै भन्दा धेरै भए पनि नेत्तृत्वकाे हिसावले अघि बड्न नसक्नु दलितहरुकै कमजाेरी रहेकाेले अब अरुकाे आस भन्दा आफु नेत्तृत्वमा पुग्ने गरि सक्षम हुन जरुरी रहेकाे बताउनु भयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs