आठबिस नगरपालिकाले सम्पन्न गर्यो १३ औ नगर सभाको दोश्रो बैठक

  • कालिका खवर
  • आइतवार, असार ३१, २०८०
  • नेत्रबहादुर बिष्ट, दैलेख। मिति २०८०/३/३० गते आठबीस नगरपालिका दैलेखकाे १३औँ नगर सभाको दोस्रो बैठक नगर प्रमुख श्री तर्कबहादुर बडुवाल ज्यूकाे अध्यक्षतामा बसेको थियो।

    उक्त  बैठकमा नगर उप-प्रमुख श्री कल्पना कुमारी थापा चन्द ज्यूले आर्थिक बर्ष ०८०/०८१ को लागि पेश गर्नु भएको कार्यक्रम तथा बजेट सहितको विनियोजन विधेयक, आर्थिक विधेयक र महत्वपूर्ण नितिगत निर्णयहरु बहुमतले पारित भएको छ।

    बजेट तथा कार्यक्रममा शिक्षा ,स्वास्थ्य ,कृषी ,पर्यटन, पुर्वाधार , आर्थिक,सामाजिक र सुशासनका क्षेत्रलाई प्राथमिकतामा राख्दै भब्य तथा सभ्य रुपमा १३ औं नगरसभा सम्पन्न भएको आठबीस नगर कार्यपालिकाका प्रवक्ता वीरबहादुर मार्क्सवादीले जानकारी दिनुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs