विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले गर्यो भानुका नाममा स्रष्टा/द्रष्टालाई सम्मान, पुरस्कार र अभिनन्दन

  • कालिका खवर
  • बिहिबार, साउन १८, २०८०
  • काठमाडौं । राजधानी काठमाडौंमा एक भव्य समारोहका बीच दर्जनौं साहित्यकार, समाजसेवी तथा कलाकारहरु सम्मानित भएका छन् । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले शनिबार आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीका अवसर पारेर स्रष्टाहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरेले वरिष्ठ समाजसेवी एवम साहित्यकार मनमाया सिटौला, वरिष्ठ समाजसेवी एवम साहित्यकार स्नेह पोखरेल, वरिष्ठ समाजसेवी एवम स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ र वरिष्ठ लेखक एवम समाजसेवी सुरेन्द्र ढकाललाई अभिनन्दन गर्नु भयो ।
    संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको सभापतित्व रहेको उक्त कार्यक्रम का.म.न.पा. वार्ड नं. २९ स्थित घट्टेकुलो विकास समाजको हलमा सम्पन्न भएको थियो। संस्थाले भाषा, साहित्यको श्रीवृद्धिमा सक्रिय साहित्यकार तथा समाजसेवीहरुलाई सम्मानित गरेको थियो। कार्यक्रममा वरिष्ठ समाजसेवी/शिक्षासेवी ई. ईश्वरकान्त सिटौला, वरिष्ठ कवि/साहित्यकार बालिका गिरी, वरिष्ठ समाजसेवीर धार्मिक अभियन्ता शिवराम राजवंशी, रोटरी क्लब अफ काठमाडौंका प्रेसिडेन्ट किशोर उप्रेती, रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट तिर्थराज दाहाल, वरिष्ठ पत्रकार/मुक्तककार निशा केसी, वरिष्ठ शिक्षासेवी/कलाकार कृष्णकुमार बोहरालाई भानु शिखर सम्मान २०८० द्धारा सम्मानित गरियो भने समाजसेवी स्वार्गीय लक्ष्मीप्रसाद प्रसाईका परिवारबाट आफ्ना बुबा आमाको नाममा स्थापित लक्ष्मीप्रसाद सावित्रा विश्व नेपाली भानु शिखर सम्मान/पुरस्कार–२०८० द्वारा वरिष्ठ कवि/गीतकार/कलाकार रमेश पौडेललाई प्रदान गरियो । नगद रु. २५०००/– राशिको उक्त पुरस्कार यसै वर्ष स्थापना गरिएको हो । हरेक वर्ष भाषा, साहित्यको क्षेत्रमा योगदान दिने व्यक्तिलाई छनोट गरेर यो पुरस्कार अर्पण गर्दै जाने अध्यक्ष गोपीकृष्ण प्रसाईंले बताउनु भयो ।No description available.

    कार्यक्रममा बक्ताहरुले नेपाली भाषा, साहित्यमा भानुभक्तको योगदानको चर्चा परिचर्चा गरेका थिए । स्रष्टा अभिनन्दन, सम्मान, पुरस्कार समर्पण, पुस्तक बिमोचनका साथै प्रतियोगितात्मक कवि गोष्ठीसमेत सम्पन्न गरियो । स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईंकै परिवारबाट स्वर्गीय भरतकुमार प्रसाई(लक्ष्मी प्रसाद प्रसाईको साहिंलो छोरा)को नाममा स्थापित भरतकुमार प्रसाईं भानु नव प्रतिभा पुरस्कार–२०८० बाट Rotaractor र Interactor सम्मिलित प्रतिस्पर्धी कविहरु मध्ये निम्न ४ जनालाई पुरस्कृत गरेको छ, उक्त पुरस्कारको राशी १५००० रहेको छ। प्रतियोगितामा Rtr स्वस्तिका ज्ञवाली (प्रथम), Rtr अनुप रेग्मी (द्वितीय), Rtr सुशील हट्वाल (तृतिय) र Rtr सन्तोष तुलाधर (सान्त्वना) भएका थिए । कार्यक्रममा विजयीहरुलाई पुरस्कार र प्रमाणपत्रका साथै सहभागिहरुलाई समेत प्रमाणपत्र प्रदान गरियो ।

    उक्त प्रतियोगितात्मक कवि गोष्ठीमा विजयीहरुको छनौट विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा डा. फणीन्द्रराज निरौला संयोजकत्वमा गठित निर्णायक समितिले गरेको थियो । निर्णायकको सदस्यहरुमा प्राज्ञ लक्ष्मी उप्रेती र डा. छायाँदत्त न्यौपाने ‘बगर’ रहेका थिए ।
    साथै उक्त अवसरमा स्रष्टा राधिका दाहालद्वारा लेखिएको बाल कविता संग्रह “आमाको काख”को विमोचनसमेत गरियो ।

    No description available.

    Rotary club of kathmandu र Rotaract Club of Kathandu को सहकार्य रहेको उक्त कार्यक्रमले समारोह बहु आयामिक अनि थप सुन्दर भएको थियो।
    संस्थाले २१० औं भानु जयन्तीको अवसर पारेर आफ्नो क्षेत्रमा अब्बल कर्मयोगी व्यक्तित्वहरुलाई अभिनन्दन तथा विविध विधामा उम्दा पहिचान बनाईसकेका अविरल साधकहरुलाई सम्मान गरेको कुरा संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले बताउनु भयो।

    समारोहका प्रमुख अति नेपाल प्रज्ञा# प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरेले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान अग्रजहरुलाई सम्मान अनि नव प्रतिभाहरुलाई प्रोत्साहान गर्न निरन्तर लागि परेको देख्दा आफुलाई गौरवको अनुभूति भएको बताए। उनले वाङ्मयको उत्थान गर्न सके मात्र राष्ट्र गतिशील, समृध्द भएर जाने धारणासमेत व्यक्त गरे । विविध क्षेत्रका अनुकरणीय सर्जक र श्रष्टाहरु लगायत लुकेका प्रतिभाहरुलाई उजागर गर्ने कार्यहरुले यससंस्थाको आयतन अझ बिस्तृत भएर गएको कुरा बताउंदै भाषा, साहित्यको उत्थानमा आफ्ना बल, बर्गत अनि समर्पण भावले गरेका यी कार्यहरुले समाज अनि राष्ट्र समुन्नत बनाउन ठूलो योगदान हुने कुरा बताए।

    No description available.
    कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले उपस्थित सम्पूर्ण वांगमयप्रेमी अनि साहित्य अनुरागीहरुलाई स्वागत गर्दै सम्पूर्ण अभिनन्दित, सम्म्मानित अनि पुरस्कृत व्यक्तित्वहरुलाई शुभकामना अर्पण गर्नु भयो। साथै बिमोचित पुस्तक आमाको काखको संक्षिप्त चर्चा गर्दै प्रसाइले २१० औं भानु जयन्ती अवसर पारेर Rotary club of kathmandu र Rotaract club Kathmandu संगको सहकार्यले कार्यक्रम अझ बिस्तृत र बहु आयामिक भएको बताउनु भयो । त्यस्तै उहाँले आदिकविको योगदानको चर्चा गर्दै भाषिक एकीकरण गर्ने भानु नेपाली भाषा, साहित्यका मानस पिता भएको र उहाँले भक्तिधारा मार्फत नेपाली साहित्यलाई विशिष्ट उचाईमा पुर्याएको कुरा व्यक्त गर्नु भयो । भानुको उम्दा योगदानको कारण नेपाली भाषा यति बलशाली भएर गएको टिप्पणी गर्नु भयो। कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्पूर्ण अभिनन्दित, सम्मानित, पुरस्कृत व्यक्तिको संक्षिप्त परिचय दिनु भएको थियो। साथै उहाँले विविध क्षेत्रमा आफ्नो अब्बल परिचय दिइसकेका सर्जकहरुलाई यसरीनै संस्थाले सम्मान गरिरहेको जानकारी गराउनु भयो।यसपाली प्रतियोगितात्मक कवि गोष्ठी गरेर नव प्रतिभाको उजागर गर्न खोजेको कुरा
    बताउदै संस्था यसरीनै गतिशील भएर जाने कुरा व्यक्त गर्दै सबैको साथ, सहयोग अनि निर्मल मनको सहयोग पाउन सके संस्थाले अझै धेरै कामहरु गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो।

    अर्का वक्ता एवम विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका सल्लाहकार एवम Rotary club kathmandu का २०२३/२४ का president किशोर उप्रेतीले लक्ष्मीप्रसाद प्रसाईं,सावित्रा प्रसाईं र भरतकुमार प्रसाईको संक्षिप्त परिचय प्रस्तुत गर्नु भयो, जसको नाम बाट संस्थाले विश्व नेपाली लक्ष्मीप्रसाद सावित्रा प्रसाईं भानु शिखर सम्मान एवम विश्व नेपाली भरतकुमार प्रसाईं भानु नव प्रतिभा सम्मान यो पाली देखि प्रदान गर्न सुरु गरेको छ।
    विश्व नेपाली लक्ष्मीप्रसाद सावित्रा प्रसाईं भानु शिखर सम्मान–२०८० ग्रहण गरिसकेपछि श्रष्टा रमेश पौडेलले संस्थाले यसरी आफ्नो मूल्याकंन गरेकोमा हृदयदेखी प्रसन्नता व्यक्त गर्दै आउँदा दिनहरुमा आफ्नो रचनात्मक जिम्मेवारी अझ बढेर जाने कुरा बताउनु भयो।
    विशेष अतिथि पूर्व सभासद एव नेकपा माओवादी जेष्ठ कम्युनिष्ट मन्चका अध्यक्ष नन्दकुमार प्रसाईले आदिकवि भानुभक्तको विशिष्ट योगदानले आज नेपाली भाषीहरु विश्वभरी चम्किरहेका छन् भन्नु भयो। उहाँले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान र यसका सुन्दर कार्यहरुले आफू पुलकित भएको र सरकारले पनि यस्ता गैर नाफामुलक परोपकारी संस्थालाई सहयोग गर्नु पर्ने कुरा बताउनु भयो।
    त्यस्तै Rotary Club of Kathmandu का Past president सुरेश सत्यालले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान संग फेरि पनि Rotary club of Kathmandu र Rotaract Club Kathmandu ले सहकार्य कायम गरेर नयाँ साहित्यिक गतिविधि गर्दै जानु पर्ने कुरामा जोड दिनु भयो। त्यस्तै उहाँले भानु जयन्तीको अवसरमा आज भएका सुकार्यहरु अत्यन्तै सुन्दर भएका कुरा अभिव्यक्त गर्नु भयो।

    यस महत्वपूर्ण समारोहमा पूर्व मन्त्री हरिप्रसाद न्यौपाने, पूर्व राष्ट्रिय पन्चायतका सदस्य दिर्घराज प्रसाईं, पूर्व निर्वाचन आयुक्त एवम राजदुत डा. रामभक्त ठाकुर, पूर्व राजदुत प्रल्हादकुमार प्रसाईं, बरिष्ठ कलाकार एवम रंगकर्मी मदनदास श्रेष्ठ, प्राज्ञ डा. उषा ठाकुर, प्राज्ञ एवम बरिष्ठ साहित्यकार उन्नती बोहरा शीला, तेह्रथुम जिल्लाका पूर्व जिल्ला सभापति खगेन्द्राराज सिटौला, प्रतियोगितात्मक कवि गोष्ठीका छनौट कमिटिका संयोजक डा. फणीन्द्रराज निरौला, Rotary Club of Kathmangdu का पास्ट प्रेसिडेन्ट सुरेश सत्याल, Rotaract club Kathmandu का उपाध्यक्ष गिता खड्का विशेष अथितिको रुपमा उपस्थिति हुनुहुन्थ्यो, कार्यक्रम सफल बनाउन उहाँहरुको सारगर्भित उपस्थिति अर्थपूर्ण रह्यो।

    No description available.

    त्यस्तै अथितिको रुपमा नोबेल साकोस साहित्य संस्थाका संयोजक वरिष्ठ साहित्यकार राजनप्रसाद न्यौपाने,आरम्भ साहित्यिक संस्थाका अध्यक्ष प्रेम ओलो ढकलपुरे, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठ,शैक्षिक व्यवशायी एवम अंग्रेजी साहित्यका विज्ञ जीवन कडरिया,प्रसाईं कल्याणकारी कोष उपत्यका समन्वय समितिका अध्यक्ष नरेन्द्रकुमार प्रसाईं, राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य ध्रुब तिवारी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष ध्रुबप्रसाद प्रसाईं,घट्टेकुलो विकास समाजका उपाध्यक्ष प्रवीण ओझा,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव देविदास भट्टराई ,सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज रन्जयकाजी बेथाने, समीर मिडियाका व्यवस्थापक एवम युवा साहित्यकार प्रकाश शमीर,संगीतकार एवम गायक जीवन श्रेष्ठ, पत्रकार एवम समाजसेवी प्रवीन निरौला ,समाजसेवी अविकेशर ओली,समाजसेवी कृष्णमान श्रेष्ठ, साहित्यकार डी आर राई, पूर्व डीएसपी एवम लेखक श्रीप्रसाद प्रसाईं, साहित्यकार मुकुन्द प्रसाई को अथितिको रुपमा सारगर्भित उपस्थिति रहेको थियो। कार्यक्रममा अथिति कविको रुपमा कवि खेम निरौलाले आफ्नो सुन्दर रचना वाचन गर्नु भएको थियो भने अभिनन्दित व्यक्तित्व मनमाया सिटौलाले सुन्दर संगिनी गीत गाउनु भएको थियो।
    कार्यक्रमलाई व्यवस्थित अनि सफल बनाउन संस्थाका उपाध्यक्ष तेजेन्द्रकुमार प्रसाईं, सचिव कोपिला शिवाकोटी, कोषाध्यक्ष रीता शिवाकोटी, सहकोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ, वरिष्ठ सदस्यहरु राधिका दाहाल, तिर्थराज दाहाल, कल्पना प्रसाईं पाठक निरन्तर सक्रिय भएर लागिरहनु भयो। आजीवन सदस्यहरु सीता प्रसाई, सीता अर्चना पौडेल,नरहरि खरेल, भीष्म थपलिया,कमल प्रसाईं,पवन प्रसाईं लगायत युवा समाजसेवी एवम सामाजिक अभियन्ता बिजेन प्रधानांग, समाजसेवी नन्दकुमार पाठक, साहित्यकार गजेन्द्र मोक्तान, निता खड्का, दुर्गा मैनाली, बुद्धि आचार्य, राजेन्द्र डांगी, विश्वदीप सिटौला, एलिना सिटौला,गीता मैनाली प्रसाईं, साहित्यकार तारा सुवेदी, Youth कमिटी Chair Rtn प्रजुन खड्का, Rtn अनन्त मल्ल, Rtn खगेन्द्र अधिकारी, Rtn सन्देश त्रिपाठी, साहित्यकार रश्मि रिमाल, Mr.Rd को सहयोगी भूमिका सर्हानीय रहेको थियो। कार्यक्रममा संस्थाका केही आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि, प्रतियोगितात्मक कविता गोष्ठीको निर्णायकहरु लगायत कार्यक्रम सफल पार्न उम्दा भूमिका खेल्नेहरुलाई संस्थाबाट Token of love प्रदान गरियो। पहिलो चरण को कार्यक्रम संस्थाका महासचिव पुकार तिमल्सिना अनि दोश्रो चरणको कार्यक्रम Rtn सुशील हट्वालले सहज, सुन्दर अनि कलात्मक ढंगले चलाउनु भएको थियो ! संस्थाका वरिष्ठ सदस्य एवम Rotary club का public image chair तिर्थराज दाहालले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान संगको Rotary club को सहकार्यलाई निरन्तरता दिनु पर्ने भनाई राखेर कार्यक्रमको बीट मार्नु भयो ।

    No description available.

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs